AarthikBikash
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा, लाइन काटियो

विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा, लाइन काटियो

  • मङ्लबार, बैशाख ८, २०८३
विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा, लाइन काटियो

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ ।

लामो समयसम्म विद्युत् महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसारउनीहरुबाट एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठ्न बाँकी रहेको छ ।

यस आर्थिक वर्षमा केन्द्रले छ महिनासम्म पनि विद्युत् महसुल नतिरेका एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटेको छ।

केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन् । ती ग्राहकबाट रु ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको उनले जानकारी दिए ।

बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए ।

सम्बन्धित समाचार