AarthikBikash
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • राजनीति
  • गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- पद छाडेर मार्ग प्रशस्त गर्नु नै उपयुक्त

गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- पद छाडेर मार्ग प्रशस्त गर्नु नै उपयुक्त

  • मङ्लबार, बैशाख ८, २०८३
गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव- पद छाडेर मार्ग प्रशस्त गर्नु नै उपयुक्त

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम प्रतिनिधि सभा सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालको परिस्थितिलाई मध्यनजर गर्दै जिम्मेवारीबाट अलग हुनु नै उपयुक्त हुने बताएका हुन्।

साम्पाङले गृहमन्त्रीबारे पटक–पटक प्रश्न उठिरहनु राम्रो संकेत नभएको उल्लेख गर्दै भने- ‘विषयवस्तु ठूलो नहुन सक्छ, तर प्रश्न उठिरहेकै छ। पटक–पटक नयाँ कुरा सुनिनु राम्रो होइन। उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव हो ।’

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री विवादमा परेका छन्।

सम्बन्धित समाचार