AarthikBikash
शुक्रबार, बैशाख ११, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

  • शुक्रबार, बैशाख ११, २०८३
कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

निर्वाचन तालिकाअनुसार, उम्मेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४ः३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ ।

कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा छ ।

कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो ।

सम्बन्धित समाचार