काठमाडौ – काठमाडौं महानगरपालिकाले नदी–खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई तत्काल हटाएपछि केही दिनका लागि होल्डिङ सेन्टरमा राखिने र त्यसपछि नागार्जुनस्थित अपार्टमेन्टमा सारिने तयारी गरेको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौंका विभिन्न बस्तीबाट हटाइने व्यक्तिहरूलाई सुरुमा अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिने रत्यहाँ उनीहरूको पहिचान तथा वास्तविक सुकुम्बासी छुट्याउने प्रक्रिया पूरा भएपछि मात्र स्थायी व्यवस्थाका लागि नागार्जुनस्थित अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ।