काठमाडौं – सरकारले सुकुमबासी बस्ती डोजर चलाउने तयारी गरेपछि थापाथलीस्थितका सुकुम्बासी बासिन्दाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय घेराउ गर्ने भएका छन् ।
सरकारले बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बासिन्दाहरू आफूहरूलाई नहटाउन दबाब दिनका लागी वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् ।