AarthikBikash
शुक्रबार, बैशाख १८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

  • शुक्रबार, बैशाख १८, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषा – धनुषामा ठुलो परिणामको लागूऔषध (गाँजा)सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका-६ स्थित लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको थियो।

शुक्रबार बिहान विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा पाँच बोरामा राखिएको १३७ केजी गाँजा बरामद गरिएको थियो ।

साथै, घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको छ।

सम्बन्धित समाचार