काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मी डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको प्रमुख आधारस्तम्भको रूपमा व्याख्या गरे।