AarthikBikash
सोमवार, जेष्ठ ४, २०८३
  • होमपेज
  • राजनीति
  • एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

  • सोमवार, जेष्ठ ४, २०८३
एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो । ११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन् ।

केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी सचिवालयको छ ।

हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँटको तयारी छ।

आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्नेछ ।

आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन्।

सम्बन्धित समाचार