AarthikBikash
मङ्लबार, जेष्ठ ५, २०८३
  • होमपेज
  • राजनीति
  • पोखरा महानगरद्वारा ५१ वटा अतिक्रमित टहरामा डोजर, मेयर आचार्य स्थलगत निरीक्षणमा

पोखरा महानगरद्वारा ५१ वटा अतिक्रमित टहरामा डोजर, मेयर आचार्य स्थलगत निरीक्षणमा

  • मङ्लबार, जेष्ठ ५, २०८३
पोखरा महानगरद्वारा ५१ वटा अतिक्रमित टहरामा डोजर, मेयर आचार्य स्थलगत निरीक्षणमा

पोखरा – पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ ।

आज बिहानैबाट महानगरको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा अमरसिंह चोकमा रहेका ५१ वटा सटर र टहराहरूमा डोजर लगाइएको हो ।

विद्यालयको जग्गामा विगत २०३८ सालदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए ।

सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ ।

संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थित थिए । यसअघि महानगरपालिकाले ती संरचनाहरू हटाउन पटक–पटक सूचना जारी गरे पनि अटेर गर्दै आएका थिए ।

यस पटक भने व्यवसायी, विद्यालय र वडासहितको आपसी समन्वय र सहमतिबाटै टहरा हटाइएका हुन् । यससँगै विद्यालयको अतिक्रमित जग्गा पुनः विद्यालयकै मातहतमा आउने र शैक्षिक वातावरणमा सुधार हुने अपेक्षा गरिएको छ ।

महानगरले अतिक्रमित संरचना हटाएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका छन् ।

सम्बन्धित समाचार