AarthikBikash
शुक्रबार, जेष्ठ ८, २०८३
  • होमपेज
  • राजनीति
  • एमालेको केन्द्रीय सचिवालय बैठक गुण्डुमा

एमालेको केन्द्रीय सचिवालय बैठक गुण्डुमा

  • शुक्रबार, जेष्ठ ८, २०८३
एमालेको केन्द्रीय सचिवालय बैठक गुण्डुमा

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा एमाले बैठक बसेको हो ।

आजको बैठकमा निर्वाचन समीक्षा र नेताहरुको कार्यविभाजनका विषयमा छलफल हुनेछ ।

यसैगरी बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ।

यसअघिको बैठकमा अध्यक्ष ओलीले नेताहरुको कार्यविभाजन सम्बन्धी प्रस्ताव राखेका छन् ।

गत मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न एमालेको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो। आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अब स्थायी कार्यविभाजन गर्न लागिएको हो।

नयाँ प्रस्तावअनुसार रामबहादुर थापा ‘बादल’लाई सुशासन र सेवा प्रवाह सम्बन्द्ध विभागहरूको संयोजन गर्ने जिम्मेवारी प्रस्ताव गरिएको छ। त्यस्तै, उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टी सम्बद्ध विभागहरू, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभागहरू, उपाध्यक्ष गोकर्ण विष्टलाई पूर्वाधार विकास सम्बद्ध विभागहरू र उपाध्यक्ष रघुजी पन्तलाई मानवस्रोत सम्बद्ध विभागहरू संयोजनको जिम्मेवारी दिने प्रस्ताव छ।

महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्द्य्रीय कार्यालय प्रमुख, उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, उपमहासचिव रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता सम्बद्ध विभागहरूको संयोजन र उपमहासचिव योगश भट्टराईलाई नीति तथा योजना सम्बद्ध विभागहरूको संयोजनको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

सम्बन्धित समाचार