AarthikBikash
आइतवार, जेष्ठ १०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कञ्चनपुरमा होटल सञ्चालकमाथि सांघातिक आक्रमण, संलग्नहरू खोज्दै प्रहरी

कञ्चनपुरमा होटल सञ्चालकमाथि सांघातिक आक्रमण, संलग्नहरू खोज्दै प्रहरी

  • आइतवार, जेष्ठ १०, २०८३
कञ्चनपुरमा होटल सञ्चालकमाथि सांघातिक आक्रमण, संलग्नहरू खोज्दै प्रहरी

कञ्चनपुर – कञ्चनपुरको ग्रान्ड प्यासिफिक होटलका सञ्चालक कुटिएका छन्।

शनिबार राति पौने ९ बजेतिर कञ्चनपुर भीमदत्त नगरपालिका- ४ स्थित गल्लि नम्बर ४ मा रहेको ग्रान्ड प्यासिफिक रेस्टुरेन्टमा एउटा समूह नै आएर होटल सञ्चालक गोविन्द चन्दमाथि कुटपिट गरेको हो।

कुटपिटबाट घाइते भएका गोविन्दलाई राति नै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो ।

आक्रमणबाट घाइते भएका गोविन्द उपचारपछि अहिले डिस्चार्ज भएका छन् ।

उक्त घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जसमा होटलमा बसिरहेका बेला ५र६ जनाको समूहमा आएका व्यक्तिहरूले गोविन्दमाथि आक्रमण गरेको देख्न सकिन्छ ।

घटनामा संलग्नहरू भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । प्रहरीले खोजी गरिरहेको जनाइएको छ। उनीहरू पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका ४  बसपार्क बस्ने समीर बुढा, अविशेष अवस्थी र वेदकोट नगरपालिका ७ सुडा बस्ने गौरव चन्द ठकुरीलगायतको संलग्नता देखिएको छ।

सम्बन्धित समाचार