AarthikBikash
सोमवार, जेष्ठ १८, २०८३
  • होमपेज
  • राजनीति
  • आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

  • सोमवार, जेष्ठ १८, २०८३
आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् ।

रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ ।

रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ ।

भाजपाले रविको भ्रमणबाट अन्तरपार्टी सम्बन्ध थप सौहार्द हुने विश्वास गरेको छ ।

अघिल्लो समाचार

सम्बन्धित समाचार