AarthikBikash
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी म्याग्दीबाट पक्राउ

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी म्याग्दीबाट पक्राउ

  • मङ्लबार, जेष्ठ २६, २०८३
जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी म्याग्दीबाट पक्राउ

म्याग्दी – जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदी म्याग्दीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका वडा नं. १० डङ्ग्राही स्थायी घर भएका ५४ वर्षीय विश्वनाथ भगत रहेका छन्।

उनी लागु औषध मुद्दामा २ वर्ष १ महिना कैद फैसला भई ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गरिरहेकै अवस्थामा आन्दोलनको मौका छोपेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, लुकिछिपी बसिरहेको अवस्थामा भगतलाई पक्राउ गरेको हो ।

भगतलाई आवश्यक कानुनी कारबाहीका लागि हाल जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखी थप प्रक्रिया अगाडि बढाइएको छ ।

सम्बन्धित समाचार