AarthikBikash
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित

प्रतिपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित

  • मङ्लबार, जेष्ठ २६, २०८३
प्रतिपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक आज पनि स्थगित

काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक प्रतिपक्षी को विरोधपछि आज पनि स्थगित भएको छ।

बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाउँदै सदनको कारबाही प्रभावित बनाएका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको विषयमा माफी नमागे सदनको कार्यसूची अघि बढ्न नसक्ने बताएका थिए।

सांसदहरूले आफ्ना विभिन्न माग पूरा गर्नुपर्ने भन्दै नाराबाजीसहित विरोध जारी राखेपछि बुधबार बस्नेगरी स्थगित भएको हो ।

पछिल्लो समय निरन्तरजसो प्रतिनिधिसभा बैठकमा अवरोध हुँदै आएको छ। सदनको अवरोधका कारण महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन्।

सम्बन्धित समाचार