AarthikBikash
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • राजनीति
  • करको दर हेरफेर गरेपछि विवादमा तानिए अर्थमन्त्री वाग्ले, विपक्षीले माग्यो राजीनामा

करको दर हेरफेर गरेपछि विवादमा तानिए अर्थमन्त्री वाग्ले, विपक्षीले माग्यो राजीनामा

  • मङ्लबार, जेष्ठ २६, २०८३
करको दर हेरफेर गरेपछि विवादमा तानिए अर्थमन्त्री वाग्ले, विपक्षीले माग्यो राजीनामा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राप्रपाकी सांसद खुश्बु ओलीले करका दरमा गरिएको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेकी हुन् ।

उनले निष्पक्ष छानबिन नहुँदासम्म अर्थमन्त्रीले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताइन् ।

करका दरमा भएको संशोधनबारे विश्वसनीय र निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराइन् ।

सांसद ओलीले भनिन्- ‘करका दर संशोधनको विषय गम्भीर कुशासन र सम्भावित भ्रष्टाचारसँग जोडिएको हुनसक्ने भएकाले छानबिन प्रक्रिया पूरा नहुँदासम्म अर्थमन्त्री पदमा बसिरहनु उचित हुँदैन ।

यता मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विरोध स्वरुप उठेका नेकपा एमालेका सांसद क्षितिज थेबेले पनि अर्थमन्त्रीले आर्थिक विधेयक संसद्मा पेस गरिसकेपछि करका दर हेरफेर गरेको बताए ।

नियतवश आर्थिक विधेयकमा चलखेल भएको भन्दै उनले यसलाई संसदले गम्भीर रूपमा लनुपर्ने र अर्थमन्त्रीले नैतिक रूपमा लिनुपर्ने आग्रह गरेका छन् ।

यसअघि नै जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयले राजनीतिक वृत्तमा बहस उत्पन्न गरेको छ।

अर्थमन्त्री डा। वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।

उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।

विधेयकका केही पृष्ठ तथा करसम्बन्धी प्रावधानमा परिवर्तन गरिएको भन्दै विभिन्न दल तथा समूहहरूले सरकारको आलोचना गर्दै आएका छन्।

यसअघि नै श्रम संस्कृति पार्टीले पनि सोही विषयलाई आधार बनाएर अर्थमन्त्रीको राजीनामा माग गरिसकेको थियो। त्यसैको निरन्तरता स्वरूप राप्रपा र एमालेले पनि औपचारिक रूपमा राजीनामा माग गरेको हो।

सम्बन्धित समाचार