AarthikBikash
आइतवार, असार ७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • स्विट्जरल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा, बोस्नियामाथि ४–२ को सानदार जित

स्विट्जरल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा, बोस्नियामाथि ४–२ को सानदार जित

  • शुक्रबार, असार ५, २०८३
स्विट्जरल्याण्ड समूह ‘बी’ को शीर्ष स्थानमा, बोस्नियामाथि ४–२ को सानदार जित

एजेन्सी – विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ मा स्विट्जरल्याण्डले पहिलो जित दर्ता गर्दै नकआउट चरणतर्फ बलियो कदम चालेको छ ।

दोस्रो खेलमा स्विट्जरल्याण्डले बोस्निया–हर्जगोभिनालाई ४–२ ले पराजित गर्दै दुई खेलबाट चार अंक जोडेको हो ।पहिलो खेलमा कतारसँग १–१ को बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा आक्रामक प्रदर्शन गर्दै सन् १९९४ यताकै पहिलो पटक विश्वकपमा चार गोल गर्ने उपलब्धि पनि हात पारेको छ।

स्विट्जरल्याण्डको जितका नायक जोआन मनजाम्बी बने । उनले ७४औँ र ८९औँ मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

 

 

सम्बन्धित समाचार