काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणमा मेक्सिकोले लगातार दोस्रो जित दर्ता गरेको छ । दक्षिण कोरियासँग भएको खेलमा मेक्सिको १–० ले विजयी हुँदै समूह ‘ए’ मा शीर्षस्थानमा मजबुत बनेको हो ।
यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकामाथि २–० को जित निकालेको मेक्सिकोले लगातार दुई जितसँगै ६ अंक जोडेको छ। दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले नकआउट चरणतर्फ बलियो दाबेदारी प्रस्तुत गरेको छ।
यसै समूहमा आजै भएको अर्को खेलमा चेकिया र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेले। त्यस्तै, समूह ‘बी’ अन्तर्गत कतारविरुद्ध क्यानडाले ६–० को ऐतिहासिक जित दर्ता गर्दै विश्वकप इतिहासमै आफ्नो पहिलो विजय पनि हासिल गरेको छ।
क्यानडाको फराकिलो जित र मेक्सिकोको लगातार सफलतासँगै विश्वकप समूह चरणमा प्रतिस्पर्धा थप रोचक बनेको छ। धेरै समूहमा अंक तालिका निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ।