काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षा नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन भएको थियो ।
परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्दै विद्यार्थीहरूलाई आफ्नो परिणाम आधिकारिक वेबसाइट तथा सम्बन्धित माध्यमबाट हेर्न आग्रह गरेको छ ।