AarthikBikash
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कक्षा १२ को नतिजा : १ लाख ४७१ जना ‘नन ग्रेडेड’, ४० परीक्षार्थीको परीक्षा रद्द

कक्षा १२ को नतिजा : १ लाख ४७१ जना ‘नन ग्रेडेड’, ४० परीक्षार्थीको परीक्षा रद्द

  • शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा : १ लाख ४७१ जना ‘नन ग्रेडेड’, ४० परीक्षार्थीको परीक्षा रद्द

काठमाडौं – कक्षा १२ को परीक्षामा एक लाख चार सय ७१ जना विद्यार्थी ननग्रेडेड (अनुत्तीर्ण) भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये ठूलो संख्यामा विद्यार्थीले आवश्यक ग्रेड प्राप्त गर्न सकेनन् ।

बोर्डका अनुसार सैद्धान्तिकतर्फ सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा ननग्रेडेड भएका वा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।

यस वर्ष ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने २ जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै आगामी एक वर्ष बोर्डद्वारा सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ।

परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ जना परीक्षार्थी सहभागी भएका थिए।

बोर्डका अनुसार कुल उत्तीर्ण दर ६४.१३ प्रतिशत रहेको छ। परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन गरिएको थियो।

 

 

सम्बन्धित समाचार