AarthikBikash
आइतवार, साउन ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष थापाले लिए शपथ

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष थापाले लिए शपथ

  • बिहिबार, असार १८, २०८३
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष थापाले लिए शपथ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री सस्मित पोखरेल समक्ष उनले शपथ लिएका हुन् ।प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्।

शपथपछि संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  यसैगरी, शिक्षामन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगको नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई त्रिवि सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सम्बन्धित समाचार