AarthikBikash
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री बालेनको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानमन्त्री बालेनको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक बस्दै

  • शुक्रबार, असार १९, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं – संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बेलुकी ५ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएको जानकारी अनुसारबैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने छ ।

हाल निर्वाचन आयोगमासहित, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा विभिन्न पद रिक्त रहेका छन्।

उक्त रिक्त पदहरूमा संवैधानिक परिषद्ले नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने प्रावधान छ।

सम्बन्धित समाचार