काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयबारे विज्ञ तथा सरोकारवालासँग विस्तृत छलफल गरिनेछ।
आगामी मौद्रिक नीतिलाई प्रभावकारी, समावेशी र अर्थतन्त्रको आवश्यकताअनुसार बनाउन सुझाव संकलन गर्ने उद्देश्यले छलफल आयोजना गरिएको समितिले जनाएको छ।
त्यसैगरी, दिउँसो २ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कार्यविधि तथा आचारसंहितासम्बन्धी मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ।