AarthikBikash
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मोरङमा ४ वर्षीया बालिकाको हत्या, बारीमा बीभत्स अवस्थामा शव फेला

मोरङमा ४ वर्षीया बालिकाको हत्या, बारीमा बीभत्स अवस्थामा शव फेला

  • शनिबार, साउन ९, २०८३
मोरङमा ४ वर्षीया बालिकाको हत्या, बारीमा बीभत्स अवस्थामा शव फेला

मोरङ – मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा चार वर्षीया बालिकाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

मोरङ प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ४ बजेदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको घारीमा साँझ करिब ७ः३० बजे ४ वर्षीया छोरी कायानत खातुनको शव फेला परेको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल स्वयं घटनास्थल पुगेर अनुसन्धानको नेतृत्व गरेका थिए।

प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ । अनुसन्धानका क्रममा अभिभावकसँगको कुनै पुरानो रिसइबीका कारण बालिकाको हत्या गरेर शव घारीमा फालिएको हुन सक्ने आशंका गरिएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव शुक्रबार राति पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिको खोजीका लागि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ।

सम्बन्धित समाचार