AarthikBikash
आइतवार, साउन १०, २०८३
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • परीक्षा सुरु भएको केही मिनेटमै एमबीएसको प्रश्नपत्र बाहिरियो

परीक्षा सुरु भएको केही मिनेटमै एमबीएसको प्रश्नपत्र बाहिरियो

  • आइतवार, साउन १०, २०८३
परीक्षा सुरु भएको केही मिनेटमै एमबीएसको प्रश्नपत्र बाहिरियो

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनापछि विश्वविद्यालयमा हलचल मच्चिएको छ ।

बिहीबार भएको उक्त घटनालाई त्रिविले गम्भीर सुरक्षा कमजोरी र लापरबाहीका रूपमा लिएको छ । प्रश्नपत्र कसरी र कहाँबाट बाहिरियो भन्ने विषयमा छानबिन अघि बढाइएको विश्वविद्यालय स्रोतले जनाएको छ ।

घटनाको गम्भीरता मध्यनजर गर्दै त्रिविले आज बिहान आकस्मिक बैठक बोलाएको छ। बैठकमा प्रश्नपत्र चुहावटको कारण, जिम्मेवार पक्षको पहिचान तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाइने उपायबारे छलफल हुने बताइएको छ।

घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन विश्वविद्यालयले नेपाल प्रहरीलाई समेत पत्राचार गरी आवश्यक छानबिनका लागि अनुरोध गरेको जनाएको छ।

सम्बन्धित समाचार