AarthikBikash
मङ्लबार, अशोज १३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • लुटपाट र मोटरसाइकल चोरीमा संलग्न तामाङ पक्राउ

लुटपाट र मोटरसाइकल चोरीमा संलग्न तामाङ पक्राउ

  • आइतवार, साउन १७, २०८३
लुटपाट र मोटरसाइकल चोरीमा संलग्न तामाङ पक्राउ

काठमाडौं – काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली प्रहार गरी लुटपाट तथा मोटरसाइकल चोरीका घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कर्मा तामाङ रहेका छन् । उनी सिक्री लुटपाट र मोटरसाइकल चोरीका विभिन्न घटनामा संलग्न रहेका व्यक्ति हुन् ।

प्रहरीले शनिबार राति पक्राउ गर्ने क्रममा गोली प्रहार गर्नुपरेको जनाएको छ। गोली लागेर घाइते भएका तामाङको हाल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था निगरानीमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङ यसअघि पनि पक्राउ परेका व्यक्ति हुन्। उनी जेनजी आन्दोलनका क्रममा फरार भएका थिए र त्यसयता प्रहरीको खोजी सूचीमा रहेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अघिल्लो समाचार

Migliore Strategia Roulette Per Soldi
Migliore Strategia Roulette Per Soldi

अर्को समाचार

Dove Giocare A Blackjack Per Soldi
Dove Giocare A Blackjack Per Soldi

सम्बन्धित समाचार