AarthikBikash
शनिबार, साउन २३, २०८३
  • होमपेज
  • राजनीति
  • पद ओगट्ने र लडाइँका बेला भाग्नेलाई पार्टीबाट धकेलेरै बिदा गर्छु : राजेन्द्र लिङ्देन

पद ओगट्ने र लडाइँका बेला भाग्नेलाई पार्टीबाट धकेलेरै बिदा गर्छु : राजेन्द्र लिङ्देन

  • शनिबार, साउन २३, २०८३
पद ओगट्ने र लडाइँका बेला भाग्नेलाई पार्टीबाट धकेलेरै बिदा गर्छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीप्रति निष्ठावान र क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन् । राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीमा अवसर र व्यक्तित्व विकासको चिन्ता गरेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरे । अध्यक्ष लिङ्देनले पार्टी र देशको सेवामा समर्पित हुन चाहने हरेक व्यक्तिको राजनीतिक भविष्यको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पार्टी अध्यक्षको हैसियतले म विश्वास दिलाउन चाहन्छु, राजनीतिमा लागेर पार्टी र देशको सेवा गर्न चाहने कसैले पनि अवसर पाउँदिन कि भनेर डराउनु पर्दैन,’ देउवाले भने, ‘सबैको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी म लिन्छु । काम गर्ने साथीहरूका लागि पार्टीमा पूर्ण ठाउँ छ, तर पद मात्र ओगट्ने र लडाइँको बेला भाग्नेहरूलाई म आफैं धकेलेर बिदा गरिदिन्छु ।’ अन्तरसंघर्ष वा विगतका कुनैपनि मतभेदका कारण कोही पनि त्रसित हुनु नपर्ने उल्लेख गर्दै उनले आफू सबैको अभिभावक भएर काम गर्ने बताए । यद्यपि, जिम्मेवारी लिएर काम नगर्ने र सङ्कटको समयमा पछि हट्नेहरूका लागि पार्टीमा कुनै स्थान नहुने उनले स्पष्ट पारे ।

‘पहिले आफ्नो परिवारका सदस्यहरूलाई राप्रपामा आवद्ध गराउनुस् । आफ्नै परिवारका सदस्यले नपत्याएको व्यक्तिलाई छिमेकी र समाजले विश्वास गर्दैनन्,’ उनले भने । पार्टीको सङ्गठन सुदृढीकरणका लागि अहिले सक्रिय सदस्यता अभियान चलिरहेको जानकारी दिँदै अध्यक्ष लिङ्देनले यस कार्यमा तत्काल केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

सम्बन्धित समाचार