AarthikBikash
बिहिबार, साउन २८, २०८३
  • होमपेज
  • राजनीति
  • ऊर्जामन्त्री श्रेष्ठले गरे तीन जना नयाँ सल्लाहकार नियुक्त

ऊर्जामन्त्री श्रेष्ठले गरे तीन जना नयाँ सल्लाहकार नियुक्त

  • बिहिबार, साउन २८, २०८३
ऊर्जामन्त्री श्रेष्ठले गरे तीन जना नयाँ सल्लाहकार नियुक्त

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका छन् ।

मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन् । यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका छन् ।

नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन् ।

मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिनेछन् । सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार