AarthikBikash
बुधबार, भदौ ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भोलिदेखि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पूर्णरूपमा सवारी सञ्चालन हुने

भोलिदेखि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पूर्णरूपमा सवारी सञ्चालन हुने

  • बुधबार, भदौ ३१, २०८३
भोलिदेखि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पूर्णरूपमा सवारी सञ्चालन हुने

धादिङ – दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा भोलि असोज १ गतेदेखि पूर्णरूपमा सवारीसाधन सञ्चालन हुने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सचिवालयका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोल्ने काम पूरा भएपछि राजमार्ग सञ्चालनको तयारी गरिएको हो।

भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरको सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।

गत भदौ २८ गते नयाँ ट्र्याकबाट केही हेभी सवारीसाधन पास गराएर परीक्षण गरिएको थियो। तर ट्र्याकको काम पूर्णरूपमा सम्पन्न नभएको भन्दै त्यसबेला नियमित सवारी सञ्चालन गर्न दिइएको थिएन।

राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने ठूला तथा साना सवारीसाधन वैकल्पिक सडकमार्ग प्रयोग गर्दै आएका छन्।

नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै भोलिदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन नियमित रूपमा सञ्चालन हुने सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार