AarthikBikash
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • खेलकुद
  • अफगानिस्तानमाथि नेपालको शानदार जित

अफगानिस्तानमाथि नेपालको शानदार जित

  • शुक्रबार, अशोज ९, २०८३
अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – एसियन गेम्स प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

अफगानिस्ताले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । सन्दीप जोराले ३४ रन बनाउँदा रोहित पौडेल ३३ रनमा नटआउट रहे । यस्तै, दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन जोड्यो ।

उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । यीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललित राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । दोस्रो खेल खेलेको अफगानिस्तानले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो ।

पुरुष क्रिकेटमा १० टोली सहभागी छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सीधै क्वाटरफाइनलमा राखिएको छ । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।

सम्बन्धित समाचार