काठमाडौं – सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्। मन्त्रिपरिषद्को सिफारिसपछि अध्यादेशहरू बिहीबार साँझ राष्ट्रपति कार्यालय पुगेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सम्बन्धित कानुनमा आवश्यक संशोधन गर्न तीनवटै अध्यादेश ल्याउन सिफारिस गरिएको हो।
अध्यादेश राष्ट्रपति कार्यालय पुगेसँगै अब राष्ट्रपतिको निर्णयपछि मात्रै त्यसको प्रक्रिया अघि बढ्नेछ। राष्ट्रपतिले स्वीकृत गरेपछि अध्यादेश जारी हुने संवैधानिक व्यवस्था छ।