काठमाडौं – त्रिशूली नदीको कटानका कारण धादिङको गजुरीमा पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा सडक भासिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले उक्त मार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमनमा रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले शुक्रबार जारी गरेको सूचनाअनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
सडक भासिएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं र मुग्लिन आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।