AarthikBikash
शनिबार, कार्तिक १५, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा सचिवालय बैठक आज बस्दै

रास्वपा सचिवालय बैठक आज बस्दै

  • शनिबार, कार्तिक १५, २०८३
रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सङ्गठनात्मक विषयमा छलफल हुने भएको हो ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी रणनीति तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।

सम्बन्धित समाचार