AarthikBikash
शनिबार, कार्तिक १५, २०८३
  • होमपेज
  • राजनीति
  • महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाका २० सांसद चीन जाँदै

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाका २० सांसद चीन जाँदै

  • शनिबार, कार्तिक १५, २०८३
महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाका २० सांसद चीन जाँदै

काठमाडौं – रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपा नेताहरू चीन भ्रमणमा जाने भएका छन् । आज बसेको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा महामन्त्रीको नेतृत्वको भ्रमण हुन लागेको जानकारी गराए ।

उनले चीन भ्रमणको मिति खुलाएनन् । उनले भने, ‘महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरूसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमण हुँदै छ।’

बैठकमा मधेश प्रदेश र जिल्लाहरूमा हुन नसकेको अधिवेशनको प्रतिवेदन सहमहामन्त्री हरि ढकालको नेतृत्वको कार्यदलले बैठकमा बुझाएको पनि बताए। प्रतिवेदन अध्ययन पनि पार्टीले आवश्यक कदम चाल्ने बताए ।

सम्बन्धित समाचार