AarthikBikash
सोमवार, कार्तिक १७, २०८३
  • होमपेज
  • समाज
  • मलेखु मुग्लिन सडक आज ३ घण्टा बन्द रहने

मलेखु मुग्लिन सडक आज ३ घण्टा बन्द रहने

  • सोमवार, कार्तिक १७, २०८३
मलेखु मुग्लिन सडक आज ३ घण्टा बन्द रहने

काठमाडौं – पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकमा आज ३ घण्टा आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मझिमटारमा आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग राख्ने काम हुने भएकाले आवागमन बन्द गर्नु परेको जनाएको छ ।

कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काम हुने भएकाले यो अवधिमा सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।

सम्बन्धित समाचार