AarthikBikash
आइतवार, कार्तिक १६, २०८३
  • होमपेज
  • खेलकुद
  • जनकपुरले पोखरासामु राख्यो १४८ रनको लक्ष्य

जनकपुरले पोखरासामु राख्यो १४८ रनको लक्ष्य

  • आइतवार, कार्तिक १६, २०८३
जनकपुरले पोखरासामु राख्यो १४८ रनको लक्ष्य

काठमाडौं – ओपनर तृतराज दासको अर्धशतकीय पारीमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)) मा पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ४८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको हो।

जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। मेहदी हसनको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुनुअघि उनले ४९ बलमा ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए।

एनपीएलमा तृतराजको यो छैटौँ अर्धशतक हो। यसअघि सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले अर्धशतक प्रहार गरिसकेका छन्।

अर्का ओपनर मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए। उनी सकिब अल हसनको बलमा क्याच आउट भए।

जिम्मी निसम ११ रनमा आउट हुँदा कप्तान हरमित सिंह र अनिल शाहले समान ९ तथा सैफ हसनले १ रन बनाए। अविशेक तिवारी २४ रनमा अविजित रहे।

पोखराका लागि सकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। मोहम्मद सैफुदिन र चमिका करुणारत्नेले समान १ विकेट लिए। मेहदी हसनले १ मेडन राख्दै २४ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।

जनकपुरले दिएको लक्ष्य पछ्याउन पोखरा केहीबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ।

अघिल्लो समाचार

Truco Para Ganar Maquinas Tragamonedas Para Españoles
Truco Para Ganar Maquinas Tragamonedas Para Españoles

सम्बन्धित समाचार