AarthikBikash
आइतवार, कार्तिक १६, २०८३
  • होमपेज
  • राजनीति
  • महानगर र उपमहानगरका पदमा रास्वपाले गर्‍यो उमेदवारी आवेदन खुला

महानगर र उपमहानगरका पदमा रास्वपाले गर्‍यो उमेदवारी आवेदन खुला

  • आइतवार, कार्तिक १६, २०८३
महानगर र उपमहानगरका पदमा रास्वपाले गर्‍यो उमेदवारी आवेदन खुला

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार ‘क्यान्डिडेट क्लब’मार्फत ती पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरिएको हो ।

खरेलले आइतबार कात्तिक १५ गते जारी गरेको विज्ञप्तिमा महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदन खुला गरिएको उल्लेख गरेका छन् ।

रास्वपाको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।

बैठकले उम्मेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका लागि विभिन्न उपसमितिसमेत गठन गरेको छ।

सम्बन्धित समाचार