AarthikBikash
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • खेलकुद
  • लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो

लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो

  • मङ्लबार, कार्तिक १८, २०८३
लुम्बिनीले पोखरालाई ८ विकेटले हरायो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्ससँग ठुलाे अन्तरकाे जित निकालेकाे छ।

दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको छ । पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११ ओभर ४ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३२ बलमा ३ छक्का र ३ चौकासहित अविजित   र निरोशन डिकवेलाले २७ बलमा १ छक्का र २ चौकासहित अविजित २७ रन बनाए ।  पोखराका विपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर ब्याटिङ गरेको पोखराले ९ विकेट गुमाएर ९७ रन बनायो ।

पोखराका चमिका करुरत्नेले १७ बलमा २५ र कप्तान कुशल भुर्तेलले २० बलमा १४ रन बनाए ।  लुम्बिनीका रुबेल ट्रम्पलमेनले ३, तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेश गौतम र कप्तन रोहितकुमार पौडेलले समान १ विकेट लिए ।

यो जितसँगै लुम्बिनी ३ खेलबाट ५ अंकसहित शीर्ष स्थानमा उक्लियो भने लगातार तीन खेलमा पराजित पोखरा अंक तालिकाको पुछारमा छ । यसअघि मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो ।

सम्बन्धित समाचार