AarthikBikash
बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

  • बिहिबार, मंसिर ४, २०८३
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

काठमाडौं – चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्न लागेको चितवनले टस जितेर ब्याटिङको निर्णय गरेको हो।

आजको खेलमा सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा आउँदा थनुका दबारेको स्थानमा फेबियन एलेन खेल्दै छन् । चितव‍नले भने यसअघिकै टोलीलाई मैदानमा उतारेको छ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । चितवनले हिजो काठमान्डुलाई नकआउट गरेको थियो ।

आजको खेल २ नम्बर पिचमा खेलाइँदै छ । यही पिचमा पोखराले २०० रन माथिको योगफल बनाएको थियो ।

सम्बन्धित समाचार