काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्न आज ९आइतबार० भारतको औपचारिक भ्रमणमा जाँदैछन्।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्नेछन्।भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन्।
प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। भ्रमणको पहिलो दिन साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग नयाँ दिल्लीस्थित होटल ताजमहलमा भेटवार्ता गर्नेछन्।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाट हुनेछ। त्यसपछि उनले राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
राजघाटको कार्यक्रमपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सोमबार मध्याह्न १२ः२५ बजे दुई देशबीच भएका सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ।
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससमेत गरिनेछ।
दुई देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र ९एमओयू० आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा उनले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्। नेपालमा भारतीय लगानी आकर्षित गर्न सरकारले अघि सारेका नीतिगत प्रयास तथा लगानीका अवसरबारे जानकारी गराउने र भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्ने कार्यक्रम रहेको छ।
भ्रमणको अन्तिम दिन सोमबार दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्नेछन्।
त्यसपछि उनी अपराह्न ४ः५० बजे नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यतालिका रहेको छ।