AarthikBikash
बुधबार, मंसिर १०, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै

  • बुधबार, मंसिर १०, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पुनः बस्दैछ।

बैठकमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र आगामी स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबार केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए।

प्रस्तावित कार्यसूचीमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषय समेटिएको छ।

त्यसैगरी भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ।

बैठकमा सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा पनि प्रारम्भिक छलफल हुनेछ। यसका साथै अन्य विविध विषयले समेत बैठकमा प्रवेश पाउने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन्।

मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार