AarthikBikash
बिहिबार, मंसिर ११, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय ऊर्जा नीति बनाउन सरकारद्वारा उच्चस्तरीय समिति गठन

राष्ट्रिय ऊर्जा नीति बनाउन सरकारद्वारा उच्चस्तरीय समिति गठन

  • बिहिबार, मंसिर ११, २०८३
राष्ट्रिय ऊर्जा नीति बनाउन सरकारद्वारा उच्चस्तरीय समिति गठन

काठमाडौं – सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र भावी प्राथमिकता निर्धारण गर्न राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय ऊर्जा नीतिको अवधारणा तथा मस्यौदा तयार गर्न उच्चस्तरीय समिति गठन गरेका हुन्।

मन्त्री श्रेष्ठले बिहीबार गरेको मन्त्रिस्तरीय निर्णयअनुसार जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रका संस्थागत प्रतिनिधि तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको हो।

समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ।

समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, आगामी दिनमा आवश्यक पर्ने ऊर्जा, उपलब्ध सम्भावना तथा चुनौतीहरूको अध्ययन गरी दीर्घकालीन नीतिगत दिशा तय गर्नेछ।

सरकारले नयाँ ऊर्जा नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत र व्यापारलाई एकीकृत ढंगले अघि बढाउने लक्ष्य राखेको छ।

साथै, ऊर्जा क्षेत्रको दिगो विकास, लगानी प्रवर्द्धन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्ने गरी स्पष्ट नीतिगत आधार तयार गर्ने सरकारको तयारी छ।

सम्बन्धित समाचार