काठमाडौं-नेपाल नेदरल्याण्डसँग पराजित हुँदै आइसिसी विश्वकप छनोट अन्तर्गत समूह चरणबाटै बाहिरिएको छ । आइतबार जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा भएको अन्तिम खेलमा नेदरल्याण्डसँग ७ विकेटले पराजित हुँदै नेपालको सुपर सिक्समा पुग्ने लक्ष्यसमेत समाप्त भएको छ । जितको लागि नेपालले दिएको १६८ रनको सामान्य लक्ष्य नेदरल्याण्डले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
काठमाडौं-आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सलाई सामान्य लक्ष्य दिएको छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा १० विकेट गुमाउँदै १६७ रन बनाएको छ । ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भए पछि आउट भएका थिए । आउट हुनुअघि उनले ४२ बलमा २ चौका मारे पनि […]
काठमाडौं-एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलनमा परेको प्रतियोगिता हुने निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँचवटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंका आयोजना हुने गरी समस्या […]