विश्वकप छनोटको तयारीका लागि २० खेलाडीसहितको नेपाली टोली बेंगलुरुमा
काठमाडौं-आगामी आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो चरणको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा बन्द प्रशिक्षण सुरु गरेको छ। सोमबारदेखि सुरु भएको यो अभ्यास सत्र अगस्ट ३ तारिखसम्म भारतको बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा जारी रहनेछ। नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार, बन्द प्रशिक्षणमा २० जना खेलाडी सहभागी छन्। नेपालस्थित भारतीय दूतावासको समन्वयमा तथा भारतीय क्रिकेट बोर्डको […]