काठमाडौं-आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।
आजको यो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने छ। यसअघि तीनवटा खेलमा लगातार जित हासिल गरेको नेपाल आज चौथो जितका लागि मैदानमा उत्रन लागेको हो ।
नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको थियो ।
गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिड्न आइपुगेको हो।
अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपालभन्दा अफगानिस्तान अघि छ । यस्तोमा विश्वकपमा छनोट हुन नेपालले भोलिको खेल जित्नैपर्ने हुन्छ । यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ ।