काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित माइतीघरमा समर्थकले धर्ना दिएका छन् । शुक्रबार राष्ट्रिय झण्डासहित भेला भएका समर्थकले माइतीघर सडकमा धर्ना दिएका हुन् । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका प्रसाईंलाई कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ ।
काठमाडौं-सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुबीचको छलफल सुरू भएको छ। सदनको अवरोध खुलाउन सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरू भएको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबारदेखि संसद अवरोध हुँदै आएको छ । यद्यपी बिहिबार भने बजेट भाषणका लागि विपक्ष दलहरुले सदन […]
काठमाडौं-सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् । संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित विपक्ष […]
काठमाडौं-हिन्दुसहितको राजसंस्थाको मागसहितको राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ । रत्नपार्कबाट केहीबेर अघिमात्रै दुई व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको हो । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटिमण्डप पुगेको छ ।