काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको हो । आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको केन्द्रीय कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णयप्रति भइरहेको आलोचनाको विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।
काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज कास्की जिल्ला अदालत पेश गर्ने भएको छ । गत शुक्रबार सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका पक्राउ सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि नेताहरु छलफलमा जुटेका छन् । सभापतिलामिछाने सहकारी प्रकरणमा पक्राउ परेसँगै पोखरा आएका रास्वपा नेताहरु छलफलमा जुटेका हुन् । छलफलमा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले, डीपी अर्याल तोसिमा कार्की, दीपक बोहरा, शिव नेपाली, हरि ढकाल, बिनितालगायत केन्द्रीय सदस्य सहभागी रहेका छन् । अब कसरी अगाडि बढ्ने भन्ने […]
काठमाडौं – सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार […]