नवलपरासी-चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ । चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय […]
काठमाडौं-प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ […]
काठमाडौं-मध्य पश्चिममाञ्चल ट्रक तथा टयाक्टर व्यवसायी संघ, सुर्खेतको २४ औं वार्षिक साधारण सभा तथा २५ औं स्थापना दिवस रजत जयन्ती समारोह कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । वीरेन्द्रनगरमा आयोजित सभामा १५ सय ढुवानी व्यवसायी भेला भएका थिए । उनीहरुले आफ्नो हकहित र अधिकारको संरक्षण र सम्बद्र्धनमा संस्थागत पहल आवश्यक रहेको बताएका छन् । व्यवसायीहरुले यातायात […]