काभ्रेपलान्चोक-काभ्रेपलान्चोकको पनौतीमा पहिरोले एक घर पुरेको छ । पनौती ११ मा पहिरोमा अर्जुन भण्डारीको घर पुरिएको हो । घर पुरिँदा भण्डारीको परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन् । विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली उद्धारका लागि खटिएको छ।
चितवन-चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो। सहकारी ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जनाएको छ । […]
काठमाडौं – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित […]