काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आज अपरान्ह पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको गृह मन्त्रालयले जनाएको छ । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँणलगायत विभिन्न मन्त्रीहरु, सांसद र सर्वसाधारण […]
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले पथ तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासस्थित राष्ट्रपति भवनमा आइतबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त राजदूतद्वय काफ्ले र प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए […]
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही महिनाअघि मात्र नेपाल फर्किनुभएको थियो […]