AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • अग्निपथ’बारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

अग्निपथ’बारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

  • बिहिबार, भदौ ३०, २०७९
अग्निपथ’बारे चुनावपछिको सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ ।

बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताउनुभयो । अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले निर्णय गर्ने उनले बताइन।

सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती सुरु भएको थियो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिव ३० हजार नेपाली सेवारत छन् । प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाँती राखेको बताउँदै यो विषय राजनीतिक दलहरुसँग परामर्श लिएर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताइन।

प्रवक्ता लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैंअद्धि पूर्ण रुपमा नाका सञ्चालन हुने बताउनुभयो । उहाँले यसबारेमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकोले दशैँ भन्दा अघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । उहाँले उत्तरी नाकाबाट व्यापारिक सामग्रीहरुको आवागमन राम्रो र निर्वाध होस् भन्ने चाहना नै सरकारको रहेको बताइन ।

Facebook Comments

सम्बन्धित समाचार